
काठमाडौं, पुस १३- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन् । डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्त रहेका थिए। उनीहरुले क्रमसः ३७, १००, ७८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन् ।
त्यसैगरी, महासचिव पदमा रामहरी सिलवाल विजयी भएका छन् । सिलवालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए ।
सचिवमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत सहित विजयी भएका छन् । कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित भएका छन् । यस्तै सह- कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन् ।
यस्तै, खुला सदस्य (४ जना आवश्यक): केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट (१ जना आवश्यक): शिव प्रसाद सुवेदी, कोशी प्रदेश (३ जना): केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेश (३ जना): मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेश (३ जना): उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेश (१ जना): प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेश (१ जना): डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।




















