Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं-२ मा राप्रपाबाट कुन्ती देवी पोखरेल उम्मेदवार सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ७ गते


Advertisement

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा नेतृ कुन्ती देवी पोखरेलको नाम सिफारिस गरेको छ।

पार्टीको गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पोखरेलको नाम पार्टीले प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस गरिएको हो। पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।

सामाजिक सेवा, महिला सशक्तीकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल गत निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लडेकी थिइन्।

२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेर रास्वपाकी सोबिता गौतमसँग झिनो मतले पराजित भएकी पोखरेल यसपटक जित निकाल्नेगरी सोही क्षेत्रमा खटिएकी छन् । सो क्षेत्रमा प्रदेश सभा राप्रपाले जितेको छ भने शंखरापुर नगरपालिका पनि राप्रपाले जितेको छ।

कुन्तीले आफू सोही क्षेत्रमा चुनाव हारेपछि पनि निरन्तर जनतासँगै क्रियाशील रहेकाले अघिल्लो नतिजा उल्टिने अपेक्षा गरेकी छन्।

उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहने देखिन्छ। पोखरेलले मतदातासँग सीधा भेटघाट र घरदैलो कार्यक्रममार्फत आफ्नो चुनावी अभियान तीव्र रुपमा अगाडि बढाइरहेकी छिन्।


प्रतिकृया दिनुहोस्