
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन् ।
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताए ।
एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको उल्लेख गरे ।
बयान यदि मान्नु भएन भने चाहिं ‘हामी यसरी गरेर भए पनि ल्याउँछौ, त्यसरी गरेर भए पनि ल्याउँछौ’ भन्ने भाषा छ सरकार पक्षबाट आइरहेको छ नि भन्ने प्रश्नमा ओलीको जवाफ छ( बयान दिन मानेन भने गोली ठोके हुन्छ नि १ यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने।। । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली १ उहाँहरूसँग छ नि त बन्दुक १ के सानातिना कुरा गरिराख्या रु भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।’
उनले बयानका लागि भन्दै आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे । ‘मैले कति पल्ट भन्नु, बयान दिनुपर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नुभयो, फेरि जाँच म किन दिने रु त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन । मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?’


















