Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन्।

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका उनले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो।

रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए ।


प्रतिकृया दिनुहोस्