
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार ४ बजे बस्ने भएको छ ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो ।
आजको बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रिहा लगत्तै निर्वाचन क्षेत्र चितवनमा सम्बोधन गरेका उनी हिजो काठमाडौँ आएका थिए । लामिछाने गत वर्ष कात्तिक २ गते पक्राउ परेका थिए ।














