Skip

Hamro Sanchar

कुलमान भन्छन् : हामी राजनीति गर्न आएको होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् ।

आज चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उनले आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । राजनीति र नेतृत्व फरक रहेको उनले बताए । देश परिवर्तन गर्न जरुरी रहेकामा उनले जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री समेत रहेका उनले सुशासन, समृद्ध नभए देश कहिल्यै अघि बढ्न नसक्ने बताए ।

भेलामा कुलमान घिसिङको भनाइ पढ्नोस् :
हामी राजनीति गर्नचाहिँ आएको होइन । राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटो मात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन, आमनेपाली जनताको सेवक बन्न आएका हौँ ।


प्रतिकृया दिनुहोस्