Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल माग्नेहरुको देश भन्ने छाप परेको छ : हर्क साम्पाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


Advertisement

बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् ।

शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट ऋण मागेर लिएर काम गर्नुपर्ने अवस्थाका कारण विदेशीले हेप्ने गरेको बताए ।

‘सानो सडक, पुल, खानेपानी जे सुकै बनाउन पनि विदेशीसंग ऋण माग्ने परिपाटीले नेपाल माग्नेहरुको देश भन्ने छाप परेको छ,’ राईले भने, ‘यही कारण विदेशी हस्तक्षेप बढेको छ, राष्ट्रियता कमजोर बनेको छ ।’

उनले गफ गरेर र विदेशबाट ऋण ल्याएर मात्र देश बन्न नसक्ने भन्दै हप्तामा ६ दिन आफ्नो लागि र एकदिन देशको लागि श्रमदान गर्नुपर्ने बताए ।

चीन, जापान, कोरिया लगायतका देशहरु जनताको श्रमबाट नै विकसित र समृद्ध भएको उल्लेख गर्दै उनले ती देशबाट नेपालीले सिक्नुपर्ने बताए ।

‘नेपालमा गफ गरेर दिन बिताउने, परिवारको एकजनाले काम गर्ने अरु बसेर खाने परपाटी छ, सबैले काम गर्नु पर्छ,एक जनाको कमाईले हुँदैन,’ राईले भने ।

पार्टी संयोजक साम्पाङले चुनाव जितेर सरकारको नेतृत्व गरेपछि एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी बन्न तयार भएको बताए ।


प्रतिकृया दिनुहोस्