Skip

Hamro Sanchar

रिहाइपछि रविले भने : सबको हिसाब गर्नु छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


बुटवल । रास्वपाका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी रहेको बताएका छन् ।

भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए

आफू बोल्ने समय आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए ।

काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहांबाट सडकमार्गबाट सांझ पौने ६ बजे भैरहवा कारागार आइपुगेका थिए ।

लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उनको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताए ।

 

 


प्रतिकृया दिनुहोस्