Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रसाईं लक्षित शिक्षामन्त्री पुनको व्यङ्ग्यात्मक टिप्पणी : धनको देवता कुवेर नै त होइनन नि यिनी भाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २० गते


Advertisement

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यवसायी दुर्गा प्रसाईंका हालैका अभिव्यक्तिमाथि सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेका छन्।

शिक्षकहरूलाई स्थानीय र महँगी भत्ता दिन नसकेको तथा कक्षा कोठा र शिक्षकको अभावमा विद्यालयलाई खाली हात फर्काउनु परेको यथार्थ उल्लेख गर्दै मन्त्री पुनले प्रसाईंका ‘हावादारी’ घोषणामाथि प्रश्न उठाएका छन्।

मन्त्री पुनले आफ्नो फेसबुक स्टाटसमा शिक्षा मन्त्रालयको आर्थिक अभावको चित्रण गरेका छन्। उनले कि पैसाको अभावमा धेरै शिक्षकलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकिएको बताएका छन्।

त्यस्तै, छाना नभएका वा कक्षा कोठा नभएका विद्यालयहरू सहयोग माग्न आउँदा पनि उनले खाली हात फर्काउन बाध्य हुनुपरेको बताएका छन्। शिक्षकको अभाव पूर्ति गर्न जगेडा बजेटसमेत नभएको उनको भनाइ छ।

६ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना र प्रहरीको तलब मासिक १ लाख रुपैयाँ बनाउने, २० लाख रुपैयाँभन्दा कमको ऋण मिनाहा गरिदिनेलगायत माग दुर्गा प्रसाईंले राख्दै आएका छन्।

उनले यस्ता कामहरू कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरेका छन्, “त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको जनताकै पैसा डुबी हाल्छ नि । धनको देवता कुवेर नै त होइनन नि यिनी भाई।”

मन्त्री पुनले पैसा छापाखानामा किताब छापेजस्तै छाप्न नपाइने कुरा सबैलाई थाहा भएको उल्लेख गर्दै यस्ता ‘हावा कुरा’ गरेर जनता नझुक्याउन प्रसाईंलाई चेतावनी दिएका छन्।

उनले विगतमा रेल, पानी जहाज ल्याउने, १२ वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी देश बनाउने र सिंगापुर बनाउने जस्ता ‘हावादारी’ कुरा धेरैले गरेको स्मरण गर्दै, यस्ता अभिव्यक्तिले हाँसोको पात्र बन्नुपर्ने अवस्था आउने बताएका छन्। उनले ‘कुरा बुझेर तथ्य कुरा गर्न’ आग्रह गरेका छन्।

 


प्रतिकृया दिनुहोस्