Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमान लक्षित शंकरको टिप्पणी : मन्त्रीबाट बिदा गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्न उचित नहुने टिप्पणी गरेका छन् ।

तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका मन्त्री कुलमान घिसिङतर्फ इङ्गित गर्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?,’ महासचिव पोखरेलले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री कार्कीको प्रतिबद्धताविपरीत रहेका मन्त्रीलाई तत्काल पदबाट बिदा गर्नुपर्ने उनको भनाइ छ । ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?,’ पोखरेलले लेखेका छन् ।

ऊर्जामन्त्री घिसिङ बुधबार आफू समर्थित नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । मन्त्री घिसिङको इच्छाअनुसार दल दर्ता भए पनि उनी पार्टीको पदीय भूमिकामा भने बसेका छैनन्  ।

 

 


प्रतिकृया दिनुहोस्