Skip

Hamro Sanchar

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले बैठक डाकेको हो।

बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले बताए। बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने बताए।

संसद् पुनर्स्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ।


प्रतिकृया दिनुहोस्