Skip

Hamro Sanchar

सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य पुगे सर्वोच्च

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १७ गते


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।

शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च गएको पुष्टि गरे ।

“हो म सर्वोच्च गएको हो,” शाक्यले छोटो प्रतिक्रिया दिँदै भने । उनले सोमबार नै सर्वोच्च पुगेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्