
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।
आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाएकि हुन् ।
तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् ।
राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको पनि उनको दाबी छ ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी थिए ।
बालुवाटारमा मंगलबार बिहान १० बजेदेखि ४ घण्टाभन्दा बढी समय भएको छलफलमा जेनजी आन्दोलनका घाइतेहरू सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका दिएका प्रधानमन्त्री कार्कीको सचिवालयले उल्लेख गरेको छ ।
भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्ने घाइतेहरूले चेतावनी पनि दिएका छन् ।
घाइते रुपिन खड्काको नेतृत्वमा बालुवाटार गएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने मत राखे ।
‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो रु’ घाइते प्रतिनिधिहरूको प्रधानमन्त्री कार्कीलाई प्रश्न थियो ।
कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।


















