Skip

Hamro Sanchar

उद्धव वन छाता मिडिया ग्रुपको कार्यकारी निर्देशकमा नियुक्त, मिडिया क्षेत्रमा नयाँ ऊर्जा थपिने आशा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २६ गते


काठमाडौं । छाता मिडिया ग्रुप प्रा.लि.ले उद्धव वनलाई कम्पनीको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत रूपमा वनलाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

लामो समयदेखि विभिन्न व्यवसायिक क्षेत्रहरूमा सक्रिय रहेका वन सफल युवा उद्यमीका रूपमा परिचित छन्। उनले व्यापारिक क्षेत्रमा मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। समाजसेवी, नवप्रवर्तनशील सोच भएका नेतृत्वकर्ता तथा कुशल व्यवस्थापकको रूपमा समेत वन चिनिँदै आएका छन्।

उनको नियुक्तिसँगै छाता मिडिया ग्रुपको व्यवस्थापन पक्ष थप सुदृढ, दिगो र नविनतासहित अघि बढ्ने अपेक्षा गरिएको छ। सञ्चालक समितिका अनुसार, सञ्चार क्षेत्रमा आफ्नो गहिरो चासो र नेतृत्व क्षमताका कारण वनले कम्पनीमा नयाँ ऊर्जा र दिशानिर्देश ल्याउने विश्वास लिइएको छ।

छाता मिडिया ग्रुप र हाम्रोसंचार डटकमको यात्रा

छाता मिडिया ग्रुप प्रा.लि. विगत एक दशकभन्दा बढी समयदेखि नेपाली सञ्चार क्षेत्रमा क्रियाशील संस्था हो। कम्पनीले सञ्चालन गर्दै आएको हाम्रोसंचार डटकम अनलाइन न्युज पोर्टलले डिजिटल पत्रकारितामा छुट्टै पहिचान बनाएको छ। निष्पक्ष, तथ्यमा आधारित र जनमुखी समाचार प्रस्तुतिका कारण हाम्रोसंचार डटकम नेपाली पाठकमाझ लोकप्रिय बन्दै गएको छ।


प्रतिकृया दिनुहोस्