
डडेल्धुरा । डडेल्धुरा कारागारका कैदीबन्दी तोडफोड र आगजनी गरेर भागेका छन्। बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका छन्।
तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए।
उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्।
तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जेलर भट्टले बताए। कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्। डलेलधुरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।














