Skip

Hamro Sanchar

पूर्वगृहमन्त्री खाँणको घरमा तोडफोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । जेनजी प्रदर्शनकारीको एक समूहले तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको जानकारी आएको बताए ।

उनका अनुसार, प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।


प्रतिकृया दिनुहोस्