Skip

Hamro Sanchar

इटहरीमा पनि कर्फ्यू आदेश जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

सोमबार दिउँसो ३स्३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको सुनसरी प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

इटहरी उपमहानगरपालिकाभित्र पर्ने हलगडास्थित नेपाली सेनाको व्यारेकदेखि पारुहाङ चोक, पूर्वतर्फ मिलन चौकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय्, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्र र पश्चिममा कलंकी मोडदेखि जनता बस्तीसम्म कर्फ्यू आदेश जारी भएको हो ।

कर्फ्यूको समयमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्