Skip

Hamro Sanchar

जेनजीको आन्दोलन: कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए ।


प्रतिकृया दिनुहोस्