Skip

Hamro Sanchar

संसद् भवनभित्र छिरे जेनजी : प्रहरीले चलायो गोलि,बानेश्वरमा कर्फ्यु 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

 

यस्तै नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।


प्रतिकृया दिनुहोस्