Skip

Hamro Sanchar

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १८ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् ।

छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।
पुनस् स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्