Skip

Hamro Sanchar

मेलुङ गाउँपालिका एफआरएमा जिल्लामै प्रथम र लिजामा तेस्रो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १५ गते


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये दोलखाको मेलुङ गाउँपालिका गत बर्षहरुको तुलनामा क्रमश नतिजा सुधार गर्दै गएको छ ।

गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङका अनुसार, गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ८९.५ अंक प्राप्त गर्दै जिल्लामा प्रथम स्थान हासिल गरेको हो । साथै, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा भने ७४.७५ अंक प्राप्त गरी तेस्रो स्थानमा आउन सफल भएको छ ।

फलस्वरुप जिल्ला समन्वय समिति दोलखाको १०औं जिल्ला सभाको अवसरमा गाउँपालिकालाई सम्मानित भएको छ ।

गाउँपालिकाले जिल्लामा उदाहरणीय उपलब्धि हासिल गरेको भन्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र जिल्ला समन्वय अधिकारी रामप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष गायत्री आचार्यलाई संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

यस्तै एफआरएको मूल्यांकनमा जिरी नगरपालिकाले ८४ अंक प्राप्त गरेको छ भने कालिन्चोक गाउँपालिकाले ८०५०, बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिका समान ७१ अंक, गौरीशंकर गाउँपालिका ६६ अंक, बिगु गाउँपालिकाले ५२.५० अंक प्राप्त गरेको भने सदरमुकामसमेत रहेको भीमेश्वर नगरपालिकाले ५० अंक मात्र प्राप्त गरेको छ ।


प्रतिकृया दिनुहोस्