Skip

Hamro Sanchar

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १४ गते


काठमाडौं । सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ुमिस नेपाल वर्ल्डु को उपाधि जितेकी हुन्।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

यस्तै, मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ। उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन् ।


प्रतिकृया दिनुहोस्