Skip

Hamro Sanchar

ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १४ गते


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।

अध्यक्ष ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन शनिबार (भदौ १४) बिहान चीनको तियानिजनतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमाले विधान, २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको उनले जानकारी दिए ।

उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था छ । सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको गौतमले बताए ।


प्रतिकृया दिनुहोस्