Skip

Hamro Sanchar

रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १३ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेपछि पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए।

उनको त्यसदिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। शुक्रबार बिहान सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेसँगै सुनुवाइका लागि पेसी चढेको हो।

उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्। उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो ।


प्रतिकृया दिनुहोस्