Skip

Hamro Sanchar

मनोहराको बाढी बस्तीमा पस्दा भक्तपुरका १४० घरपरिवार जोखिममा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १३ गते


Advertisement

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-१, बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन्।

बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए।

चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो। उक्त समस्या स्थायी रुपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए। बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ ।


प्रतिकृया दिनुहोस्