
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट राजीनामा दिएर मंगलबार आज उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन्।
राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् ।
सभापति चुन्न बुधबार दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।
गएको साउन २७ गते खतिवडाले सभापतिबाट राजीनामा दिएपछि पद रिक्त छ ।














