२ असार, काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल ४ दिन हिरासतमा रहने भएका छन्। महानिर्देशक अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। आज थप अनुसन्धानका लागि हिरासतमा राख्न...
२ असार, मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै...
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाबाट जग्गा प्रशासन (मालपोत तथा नापी) सम्बन्धी सेवा सञ्चालनमा आएको छ। स्थानीय तहको कार्यालयबाटै यस्तो सेवा सुरु गर्ने देशभरका ७५३ स्थानीय तहमध्ये कागेश्वरी मनोहरा पहिलो पालिका बनेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सोमबार आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दै सेवाग्राहीलाई...