
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ।
उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो।
रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाएर निलम्बन गरिएको जनाएका छन्।
ञयसअघि भदौ १ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षका अभिषेक यादव पक्राउ परेका थिए।
उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो।
उनले प्रहरीसँग ती कागजात तथा सामाग्री कँडेलले माग गरेको बयान दिएका छन्। त्यसपछि उक्त कार्यालयका सञ्चालक चितवनको कालिका नगरपालिका ५ बस्ने ५० वर्षका हरिप्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।















