Skip

Hamro Sanchar

काठमाडौं सहित ३ जिल्लाका सीडीओ फेरिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो । जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।

ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ ।त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ ।

भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।


प्रतिकृया दिनुहोस्