
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बताएका छन्।
बुधबार काठमाडौँमा स्व प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै भएको बताएका हुन्।
‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्नेरु कति प्रधानमन्त्री भइरहने भन्नुभयो, उनले भने, म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैलेरु पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो।
उनले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको र सबै निर्वाचन जितेको उनको भनाइ थियो। धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भए पनि सफल नभएको देउवाको भनाइ थियो।
ुम एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो। सौभाग्यले कहिल्यै पनि हारेको छैन। धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मेरोविरुद्ध डडेलधुराबाट, उनले भने, तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु। जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ। जनता देशको मालिक हो। जनताभन्दा ठूलो कोही छैन। सबै साथीहरूले जनताको सेवा गरौँ ।’
सभापति देउवाले अब आफ्नो धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह गरे।














