Skip

Hamro Sanchar

नाउपा सत्तापक्षमा बस्ने दियो संसद् सचिवालयमा निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए ।

त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।


प्रतिकृया दिनुहोस्