
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको बताएको छ।
तर पूर्वमाओवादी भए पनि डा बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी र छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाका दलसँग एकता छलफल सकारात्मक रहेको बताएका हुन्।
ुहामी अहिले माओवादी धाराका सबै घटकसँग प्रयास गर्दैछौँ,ु बाबुराम भट्टराईसँग के हुन्छरु भन्ने पत्रकारको प्रश्नमा उनले भने, ुडा बाबुराम भट्टराई कम्युनिस्ट काम छैन भनेर नयाँ शक्तिमा जानु भएकोले उहाँसँग पार्टी एकता गर्ने कुनै चर्चा छैन।ु
त्यस्तै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल र नेकपा एकीकृत समाजवादीसँगको छलफल भने सकारात्मक रहेको बताए।
ुतत्कालै एकता हुन पनि सक्छ। केही समय पनि लाग्छ। तर अहिले विगतमा भन्दा घनिभूत छलफल भइरहेको छ। विगतमा भन्दा अध्यक्ष बढी आशावादी हुनुहुन्छ। मलाई पनि त्यो वस्तुवादी नै कुरा छ भन्ने लागेको छ,ु नेकपा एकीकृत समाजवादीसँगको एकताबारे उनले भने, ुझलनाथजीको कुरा छ उहाँ त्यहाँको एउटा नेता हो। पार्टीको संस्थागत निर्णय गर्छ नि। स्थायी कमिटी, पोलिटब्युरोका नेताहरू छन् उहाँहरूले छलफल गर्नुहुन्छ नि। उहाँको आफ्नो भनाइ व्यक्त गर्नुभयो त्यहाँ छलफल होला।ु
त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र रिजवान अन्सारी नेतृत्वको दललाई समाजवादी मोर्चामा सामेल गराउनेबारे छलफल चलिरहेको सापकोटाको भनाइ छ।


















