Skip

Hamro Sanchar

रञ्जिता श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले अनलाइनखबरलाई जानकारी दिए ।

अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् ।

तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको भन्दै सो पार्टीका संरक्ष रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि राखेका थिए ।

रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिइसकेको छ ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।


प्रतिकृया दिनुहोस्