Skip

Hamro Sanchar

झापा पुगेर प्रधानमन्त्रीले भने : मर्दा कसैले केही लैजाँदैन‚ परोपकार गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २८ गते


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मर्दा कसैले केही नलैजाने भएकाले परोपकार गर्नुपर्ने बताएका छन्।

झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागीरथा बुद्धशान्ति अस्पतालको आरम्भ गरेका छन्।

अस्पताल भवनको उद्घाटन प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए। गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागीरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए।

त्यो वेला विधिवत् रूपमा उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन। यसअघि पटकपटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिवार विधिवत् उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी काम सबैले गर्न सिक्नुपर्ने बताए। उनले मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘परोपकार गर्नुपर्छ। यसबाट अरूले पनि परोपकार गर्न सिक्नुपर्छ, अनुसरण गर्नुपर्छ। मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरू स्मरण गर्ने हो। १०२ वर्षअघि जन्मिनुभएकी भागीरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामकरण गर्दै छौँ।’


प्रतिकृया दिनुहोस्