Skip

Hamro Sanchar

विद्या भण्डारी भन्छिन्  : जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २८ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताइन् ।

उनले भनिन्, ‘जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्छ ।’

जबज सामाजिक र आर्थिक रूपान्तरणको सिद्धान्त भएको उनले बताइन् ।

जबजका प्रणेता मदनपत्नी पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै एउटा विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ ।


प्रतिकृया दिनुहोस्