Skip

Hamro Sanchar

देउवा भन्छन् : कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भएको बताएका छन्।

आज बाग्लुङमा नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको श्रद्धाञ्जली सभामा यस्तो बताएका हुन्। उनले कँडेल जस्तो त्याग र निष्ठा भएको नेता अब नपाइने बताए।

श्रद्धाञ्जली दिन नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायत नेता काठखोला गाउँपालिका-५ स्थित करलिम गाउँ पुगेका थिए। श्रद्धाञ्जली अर्पण गर्दै देउवाले लोकतन्त्रमाथि आक्रमण भइरहेको गुनासो गरे।

कँडेल २०४८ सालमा बागलुङ क्षेत्र-१ बाट विजयी सांसदसमेत थिए ।


प्रतिकृया दिनुहोस्