Skip

Hamro Sanchar

प्रतिनिधिसभामा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ५ गते


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूको विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्