Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ४ गते


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।

मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।

भेटमा पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाकाबिच ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ  ।


प्रतिकृया दिनुहोस्