Skip

Hamro Sanchar

धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । जबरा सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् ।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।


प्रतिकृया दिनुहोस्