Skip

Hamro Sanchar

बनाउँदा बनाउँदैको बेलिब्रिज भाचिँदा तीन जना मजदुरको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १ गते


ताप्लेजुङ । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा तीन जनाको मृत्यु भएको छ।

गत वर्षको बर्खामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो।

त्यहाँ बेलिब्रिज निर्माणको काम भइरहेकोमा शनिबार साँझ बेलिब्रिज नै भत्किँदा तीन मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल बुढाथोकीले जानकारी दिए।

उनका अनुसार बेलिब्रिज भत्किँदा ६ जना मजदुर घाइते भएका थिए। उनीहरू सबैलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको थियो।

मृत्यु हुनेमा २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन्। उनीहरू तीनैजना बाराको सिमरा उपमहानगरपालिका-१२ का हुन्।

घाइते तीन जनाको भने उपचार भइरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्