Skip

Hamro Sanchar

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १ गते


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमख मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्।

संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरबारमा बस्नेगरि उनले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका सभामुखको सचिवालयले जनाएको छ।

विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरोध गरेका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद् खोल्न सहमती जनाएपछि गएको शुक्रबार भने संसद् बैठक सञ्चालन भएको थियो ।


प्रतिकृया दिनुहोस्