
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् ।
आज उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढाइने विश्वास व्यक्त गरे । “हिजोको भेट नगरसभा र कार्यपालिकाकेन्द्रित थियो । अब नगरसभा र कार्यपालिकाको प्रक्रिया अघि बढ्छ होला,” उनले भने

















