Skip

Hamro Sanchar

कोदालो प्रहार गरेर युवकले गरे बुबा र छिमेकीको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २३ गते


Advertisement

नवलपरासी ।लनवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ।

आज बिहान साढे १० बजेतिर सुनवल नगरपालिका-२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरदत्त पन्तले जानकारी दिए।

उनका अनुसार ५० वर्षीय जयराम थारू र ७० वर्षीय नाथु धरिकारको हत्या भएको हो।

हत्या आरोपमा जयरामका २७ वर्षीय छोरा हेमराजलाई पक्राउ गरेको छ।

हेमराजले दुबै जनामाथि कोदालो प्रहार गरी हत्या गरेको आरोप छ। प्रहरीले उनलाई कोदालोसहित पक्राउ गरिसकेको डिएसपी पन्तले बताए।

‘जयरामको घरभित्र शव छ। नाथु छिमेकी हुन्। उनको बाहिर भेटिएको हो,’ उनले भने, ‘घटनास्थलमा मुचुल्का गरिरहेका छौं। अनुसन्धान हुँदैछ।’

सुरूमा जयरामको हत्यापछि नाथुरामलाई बाहिर भेटेपछि उनीमाथि पनि प्रहार गरेको प्रहरीको भनाइ छ। के विषयमा हत्या भएको भन्ने खुलिसकेको छैन ।


प्रतिकृया दिनुहोस्