Skip

Hamro Sanchar

संसद् अब त खुल्नुपर्ने हो : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २२ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको समेत उल्लेख गरे।

‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ,’ देउवाले भने, ‘यो राम्रोसँग चलिरहेको छ। बजेटबाट कोही खुसी हुँदैनन्। आलोचना त भइरहन्छ, के भयो ररु कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ। अब त खुल्नुपर्ने हो। अब खुल्छ। किन राजीनामा दिने भन्यारु’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने समेत उनको दाबी छ ।


प्रतिकृया दिनुहोस्