Skip

Hamro Sanchar

माओवादीले आज पोखरामा जनसभा गर्दै, प्रचण्डले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १० गते


काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ।

अभियानअन्तर्गत आज दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक वटा अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो।

अभियानमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नी सापकोटा, पम्फा भुसालसहितका नेता सहभागी छन् ।


प्रतिकृया दिनुहोस्