Skip

Hamro Sanchar

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २८ गते


काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन्।

गत वैशाख १९गते संघीय संसद्को संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमका पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।

त्यस्तै विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्नेछ।


प्रतिकृया दिनुहोस्