Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गरिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १९ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्।

आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट टुंगो लगाउने बताएका हुन्।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ, उनले भने।

साथै विद्यालय शिक्षको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुन संरचना गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाइने पनि उनले बताए।

विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत ‍र संस्थागत सुधार गरिने पनि राष्ट्रपति पौडेलले बताए।

नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन वैशाख १७ गतेदेखि स्थगित भएको थियो।

सत्तापक्ष दलका प्रमुख सचेतकहरूले असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक जारी गर्ने सहमति गरेका थिए ।


प्रतिकृया दिनुहोस्