Skip

Hamro Sanchar

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ८ गते


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’,उनलेे भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण देखाएकी छिन् ।


प्रतिकृया दिनुहोस्