Skip

Hamro Sanchar

गृहमन्त्रीको चेतावनी : पूर्वराजावादीको नाममा अस्थिरता निम्त्याउने काम क्षम्य हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ५ गते


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।

आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले पूर्वराजावादी वा अरू कुनै पनि नाममा हुने अस्थिरता निम्त्याउने काम क्षम्य नहुने बताए ।

वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँ तयार हुनुपर्ने बताए । वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको दाबी उनको छ ।

गृहमन्त्री लेखकले संविधानभित्र रहेर आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने तर संविधानविरोधी गतिविधिका माध्यमबाट हत्या हिंसालाई प्रश्रय दिने, संविधान फाल्नेजस्ता अराजक गतिविधि गर्न नपाइने बताए । उनले यस्ता गतिविधि गरिए कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।


प्रतिकृया दिनुहोस्