Skip

Hamro Sanchar

देशभित्र आउँदा मलाई डिप्रेसन हुन्छ : परराष्ट्रमन्त्री राणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ४ गते


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरेकी छन् ।

काठमाडौंमा आज एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मिडियाहरूले पनि नकारात्मक कुराहरूलाई मात्रै प्रचार गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘म जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत दिन्छन् । अङ्ग्रेजी आएर कपाल-सपाल बनाएको भएर होइन । नेपालको परराष्ट्रमन्त्री भएर मैले त्यो इज्जत पाएको छु । त्यसमा मैले भाग्यमानी ठान्छु । यस्तो राम्रो देशको म परराष्ट्रमन्त्री बन्न पाएँ, तर देशभित्र आउँदा मलाई पनि डिप्रेसन हुन्छ। ढुङ्गा हालेको छ, गाली नै गरेको छ, नराम्रो नै भनेको छ। यसले चाहिँ ओभरल राष्ट्रिय माहोल पनि बिग्रिएको छ । जहिले पनि पेपर खोल्यो नराम्रो कुरा, मिडियाको त कामै त्यही हो। राम्रो कुराको रिपोटिङ हुँदैन, नराम्रो कुरालाई एकदमै हाइलाइट गरिन्छ ।’

उनले राजावादीको जुलुसमा हजार जना नआउँदा पनि कुनै देशका मिडियाहरूले सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको गुनासो गरिन् ।


प्रतिकृया दिनुहोस्